प्रदेश

तत्कालका लागि स्थगित भयो १२ औँ कपिलवस्तु महोत्सव




कपिलवस्तु, २८ पुष ।
कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको १२औं कपिलवस्तु महोत्सव तत्कालका लागि स्थगित भएको छ । बुधबार (आज) बसेको कपिलवस्तु उद्योग बाणिज्य संघको आकस्मिक बैठकले कोरोनाको बढ्दो प्रभावको कारण तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकमा यस क्षेत्रका सरोकारवालाहरुले आ–आफ्नो धारणा राखेका थिए । कपिलवस्तु उद्योग बाणिज्य संघले यही माघ १२ गतेदेखि २३ गतेसम्म बाणगंगाको बुद्ध रंगशाला जितपुरमा महोत्सव आयोजना गर्ने तयारी गरेको थियो ।

कोरोनाको महामारी बढ्ने संकेत देखिएकाले अर्को सुचना जारी नहुदाँ सम्मका लागो स्थगित गरिएको सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए । सो अवसरमा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगरले माघ १५ गतेसम्म अवस्था हेरेर समय अनुकुल भएको खण्डमा पुनः अर्को निर्णय लिन सकिने वैखरी अनलाईनलाई बताए ।

साथै संघका महासचिव मनोज पौडेलले कोरोनाको तेस्रो महामारी फैलिन नदिन स्वास्थ्यका मापदण्ड अपनाएर आफ्ना व्यवसाय तथा गतिविधी संचालन गर्न आग्रह गरेका छन् । वैठकमा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सघं संस्थाका प्रमुख तथा प्रतिनिधीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : २८ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६