प्रदेश

श्रीमतीलाई जलायर मार्ने श्रीमान ७ बर्षपछि पक्राउ



कपिलवस्तु, २८ पुष । कपिलवस्तुमा श्रीमतीलाई जलायर मारेपछि फरार रहदै आएका श्रीमान पक्राउ परेका छन । श्रीमति साबिक भिल्मी गाबिस वडा नं. ९ हाल कृष्णनगर नगरपालिका–६ श्रीनगरकी २१ बर्षिया किस्तालवती चमारलाई जलाएर मारे पछि भागेको सिद्धार्थनगर तहशिल नौगढ धन्सा ग्राम बस्ने बर्ष २३ का मुलायम चमार पक्राउ परेका हुन ।

उनलाई प्रहरीले बिशेष सुराकीका आधारमा यशोधरा गाउपालिकाको रंगपुर नाकाबाट पक्राउ गरिएको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराए । २०७१ चैत १ गते ससुराली आएका बेला मुलायमले श्रीनगर गाँउको दक्षिण पश्चिम झिन्कन आरखको रहरको खेतमा हत्या गरी श्रीमतिको हात खुट्टा काटेर जलाएका थिए । ससुरा सुखरामले सुतेको बेला छोरीलाइए खेतमा लगी बिभत्स हत्या गरी ज्वाई भागेको बताए । हत्याको अर्को दिन ज्वाई भारतमा पक्राउ परे पछि मोटरसाईकलबाट फरार भएका बताए ।

२ दिन पछि मात्रै छोरीको काटिएको खुट्टा कुकुरले लगिरहेको अवस्थमा फेला पारेका उनले बताए । बिवाह भएको २ बर्ष पछि किस्लावतीको हत्या भएको थियो । प्रारंभिक अनुसन्धान कोक्र अभियुक्तको पर स्त्रीसंगको सम्बन्धका कारण घटना भएको प्रहरी उपरिक्षक कार्कीले बताए ।

पक्राउ परेका अभियुक्तबाट प्रहरीले नंम्बर प्लेट नभएको निलो मोटरसाईकल, उत्तर प्रदेश प्रान्तिय रक्षक दल महानिर्देशनालयको सिकन्दर लेखिएको परिचय पत्र मोबाईल थान –२ बरामद गरेको छ । घटनाको थप अनुसन्धान भईरहेको कार्कीले बताए ।

प्रकाशित : २८ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६