प्रदेश

धादिङको रुबी भ्यालीको पहिरोमा पुरिएकाहरु अझै भेटिएनन्



काठमाडौं, ३० पुस। धादिङको रुबी भ्याली गाउँपालिकामा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको अवस्था अझै अज्ञात छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी जारी राखेका छन् ।

हिजो बिहान रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना पुरिएका थिए । साँझसम्म खोज्दा नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । आज बिहानबाट पुनः खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

‘पहिरो खसेको ठाउँमा मेसिन औजार प्रयोग गर्न सकिने अवस्था छैन, मानिसले नै आफैं पहिरो पन्छाउनुपर्छ त्यसैले खोज्न कठिन भइरहेको छ’ डिएसपी भण्डारीले भने ।

रसुवा–तिप्लिङ सडकखण्डमा जोडिने सडकमा पहिरो खस्दा डोजरसहित चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ पुरिएका हुन् ।

बिहीबार हेलिकप्टरबाट नेपाली सेनाका मेजर नेतृत्वको उद्धारकर्मीको टोली सो स्थानमा पुर्याइएको थियो । सशस्त्र र नेपाल प्रहरीको टोली पनि हिजो नै सो स्थानमा पुगेका थिए । तर ढुंगासहितको पहिरो खसिरहेकाले दिउँसो दुई बजेपछि मात्रै खोजी सुरु गरिएको थियो । अँध्यारो भएपछि र निकै चिसो बढेपछि हिजो साँझपख खोजी कार्य स्थगित गरिएको थियो ।

प्रकाशित : ३० पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६