अर्थ-वाणिज्य

लुम्विनी प्रदेशले माघ २ मा किन दियो सार्वजनिक विदा




बुटवल ३०पुस । लुम्बिनी प्रदेश सरकारले आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ। माघे संक्रान्तीको अवसरमा लुम्बिनी प्रदेश सरकारले दुई दिन सार्वजनिक विदा दिने यसअघिको निर्णयलाई निरन्तरता दिएपछि लुम्बिनीमा माघ २ गते आइतबार सार्वजनिक विदा हुने भएको हो।प्रदेश सरकार गठन भएको पहिलो वर्षदेखि थारु र मगर समुदायको महान् पर्व माघे संक्रान्ति र माघीको उपलक्ष्यमा प्रदेश सरकारको तर्फबाट माघ १ र २ गते प्रदेशभर सार्वजनिक विदा दिइँदै आएको छ।विगतका दिनमा प्रदेश सरकारको तर्फबाट पुस महिनाको अन्तिम दिन साँस्कृतिक झाँकीसहित माघे संक्रान्ति एवं माघी मिलन कार्यक्रम आयोजना गर्ने गरिएकोमा यस पटक कोभिड(१९ को तेस्रो लहर र ओमोक्रन भेरियन्टको त्रासले कार्यक्रम स्थगित गरिएको मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह बिकले जानकारी दिए।

प्रकाशित : ३० पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६