प्रदेश

वैशाख १४ भित्रै पालिकाको चुनाव सम्पन्न गर्ने गरी मिति घोषणा गर्न सरकारलाई आग्रह



काठमाण्डौ, ३० पुष । राजनीतिक दलका नेताहरुले वैशाख १४ गतेभित्रै पालिकाको चुनाव सम्पन्न हुने गरी मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।

राष्ट्रिय सभा चुनाव, मतदाता नामावली र पालिकातहको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा दलका नेताहरुले आउने वैशाख १४ गतेभित्रै पालिकाको चुनाव सम्पन्न हुने गरी मिति घोषणा गर्न ढिलाइ नगर्न सरकारलाई आग्रह हुन् ।

निर्वाचन आयोगले यसअघि नै सरकारलाई जेठ ५ गतेअघि नै पालिकामा नयाँ जनप्रतिनिधिहरुले पदबहाली गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै वैशाख १४ गते एकै चरण वा दुई चरणमा गर्ने भए वैशाख १४ गते र २२ गते गर्न सरकार समक्ष प्रस्ताव गरेको थियो ।

आयोगको यो प्रस्तावलाई दलहरुले समर्थन गर्दै त्यसका लागि छिटो मिति घोषणा गर्न सरकारलाई आग्रह गरिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो । उहाँले कोरोना सङ्कटका कारण राष्ट्रिय सभाको चुनावको मतदान केन्द्र र मतदानस्थल सकेसम्म सबै जिल्लामा रहने गरी आवश्यक व्यवस्था मिलाउन पनि निर्वाचन आयोगलाई सुझाव दिइएको बताउनु भयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले निर्वाचन आयोगले प्रस्ताव गरेको पालिकाको चुनावको मितिमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताउनु भयो । उहाँले २०५४ सालमा पालिकाको चुनाव सारे जसरी सार्न संविधानले नदिनेतर्फ सरकारलाई सचेत गराउनु भयो ।

बैठकमा दलका नेताहरुले उमेर पुगेका सबै नागरिकले पालिकाको चुनावमा मतदान गर्न पाउने गरी मतदाता नामावली सङ्कलनको काममा तीव्रता दिन पनि आयोगको ध्यानाकर्षण गराएको छ । बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टीलगायतका १५ दल सहभागी भएका थिए ।

प्रकाशित : ३० पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६