प्रदेश

बुटवलको प्लान बी क्लबमा भीषण आगलागी



बुटवल, ३० पुष। बुटवल उपमहानगरपालिका वडा नम्बर ९ स्थित मिलनचोकको एक क्लबमा भीषण आगलागी भएको छ । माघ १ गतेदेखि सञ्‍चालनमा आउने तयारीमा रहेको प्लान बी क्लबमा शुक्रबार दिउँसो १ बजेदेखि आगो लागेको प्रहरीले जनाएको छ। आगो अझै नियन्त्रणमा आएको छैन।

नियन्त्रणको प्रयास भएपनि आगलागी स्थलमा दमकल जाने बाटो नहुँदा समस्या भइरहेको छ । बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका भैरहवा, लुम्बिनी साँस्कृतिक नगरपालिका लुम्बिनी, तिलोत्तमा र सैनामैना नगरपालिकाका दमकलले आगो निभाउँदा पनि नियन्त्रण आएको छैन् । बाक्लो बस्ती र साँघुरो सडकले समस्या भएको छ ।

यसअघि बाटो फराकिलो बनाउन स्थानीयले माग गरेपनि जग्गाधनीले नदिँदा बाटो फराकिलो हुन सकेको छैन् । आगलागीबाट भएको क्षतिको एकिन विवरण अझै आएको छैन् । क्लब संचालन गर्नका लागि करिब ७ करोड रुपैयाँ खर्च भएको अनुमान छ ।

प्रकाशित : ३० पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६