प्रदेश

मानवअधिकार तथा पत्रकारिताको क्षेत्रमा क्रियाशील कुशवाह नगद सहित सम्मानित



कपिलवस्तु, ३० पुष ।
मानवअधिकार तथा पत्रकारिताको क्षेत्रमा क्रियाशील नवलपरासीका पत्रकार वृजराज कुशवाह नगद पुरस्कारसहित सम्मानित भएका छन् ।

मानवअधिकार क्षेत्रमा पत्रकारिताका माध्यमबाट योगदान गरेकामा कदर गर्दै उनलाई ‘स्व.श्री वनारसी बर्मा स्मृति जोखिमपूर्ण मानवअधिकार पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।

मधेस मानवअधिकार गृह (माहुरी–होम)ले लामो समयदेखि नवलपरासीमा रही जोखिमपुर्ण अवस्थामा पनि मानवअधिकार उलङ्घनका घटनाको स्थलगत अनुगमन गरी मानवअधिकार आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेको भन्दै उनलाई अनुकरणीय कार्यवापत् पुरस्कृत गरिएको गृहले जनाएको छ । पुरस्कार एवम् सम्मानपत्र राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख एवम् समारोहका प्रमुख अतिथि सन्तोष आचार्यले हस्तान्तरण गरे ।

माहुरी होमको १४औँ साधारणसभा तथा पाँऔं अधिवेशन अवसरमा कुशवाहलाई १० हजार एक सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो । माहुरी होमका सञ्चार सल्लाहकार, नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका पूर्वउपाध्यक्ष तथा महासङ्घका केन्द्रीय पार्षद समेत रहेका कपिलवस्तु निवासी पत्रकार वनारसी बर्माको मृत्युपर्यन्त माहुरी होमले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो ।

माहुरी होमले जोखिमपूर्ण क्षेत्रमा मानवअधिकारका लागि काम गर्ने पत्रकार, मानवअधिकारकर्मी र अधिवक्तालाई यो पुरस्कार दिने गरेको छ ।

प्रकाशित : ३० पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६