काठमाडौं १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघी पर्व मनाउन आग्रह गरेका छन् ।
माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले कोरोना महामारी बढेकोले सुरक्षित भएर पर्व मनाउन आग्रह गरेका हुन् ।
राष्ट्रपति भण्डारीले माघी पर्वले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न योगदान गरिरहेको उल्लेख गरेकी छन् ।
प्रतिक्रिया