प्रदेश

स्वास्थ्य मापदण्ड अपनाएर माघी मनाउन मेयर थारु र उप–मेयर अर्यालको आग्रह ।



हरि घिमिरे, ०१ माघ ।

बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु र उपमेयर चक्रपाणि अर्याले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघी पर्व मनाउन आग्रह गरेका छन् ।

माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा आम नगरवासि, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले कोरोना महामारी बढेकोले सुरक्षित भएर पर्व मनाउन आग्रह गरेका हुन् ।

मेयर मंगल प्रसाद थारुले माघी पर्वले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न योगदान गरिरहेको बताए । उनले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने चलन रहेको जानकारी दिए । यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट चुनाव हुने पुरानो परम्परा रहेको मेयर थारुले बताए ।

यसैविच उप प्रमुख चक्रपाणि अर्याले नगरवासिहरुलाई शुभकामना दिदौ मुलुकको दिगो विकास, स्थायी शान्ति, संविधानको संरक्षण र पूर्ण पालन, राजनीतिक स्थायित्व तथा मुलुकको समृद्धिका लागि जिम्मेवार हुन माघेसंक्रान्तिले सबै नेपालीलाई प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन् । उनले कपिलवस्तु जिल्लामा थारु बाहुल्यता धेरै भएकाले पनि माघि पर्वको महत्व सबै जातजातिले बुझेको बताएका छन् । उप मेयर अर्याल थारु समुदायमा हुर्केकोले यस पर्वमा थारु समुदायले सक्ने चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गइ गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन रहेको बताए । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको पनि उनले जानकारी दिए ।

प्रकाशित : १ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६