प्रदेश

प्राविधिक समस्यापछि गुण एअरलाइन्सको जहाज काठमाण्डौ फिर्ता



काठमाण्डौ, ०२ माघ । काठमाण्डौबाट पोखराका लागि उडेको गुण एअरलाइन्सको जहाजमा प्राविधिक गडबडी भएको छ । गडबडीपछि जहाज पुनः काठमाण्डौ फर्काइएको छ ।

आज बिहान १० बजेतिर उडेको जहाजको ढोका लक गर्ने ठाउँमा समस्या देखिएपछि फेरि काठमाण्डौमा नै फर्काइएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिनुभयो ।

काठमाण्डौबाट उडेको ५ मिनेटमै जहाजको ढोका खुलेपछि फेरी काठमाण्डौ नै फर्काइएको हो ।

प्रवक्ता कर्णका अनुसार अहिले प्राविधिकले जहाजको प्राविधिक समस्या जाँच गरिरहेका छन् । जहाजमा १५ यात्रुसहित चालकदलका ३ सदस्य थिए । यात्रुलाई अर्को हवाई जहाजबाट पोखरा पठाएको छ ।

प्रकाशित : २ माघ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६