काठमाण्डौ, ०२ माघ । भोलिका लागि बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
सङ्घीय संसदका महासचिव डाक्टर भरतराज गौतमले आज सूचना निकालेर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो । महासचिव गौतमले विशेष कारणवश बैठक बस्न नसक्ने बताउनुभएको छ ।
यसअघि पुस २७ गते बोलाइएको राष्ट्रिय सभा बैठक पनि ‘विशेष कारणवश’ बस्न नसक्ने सूचनामार्फत जानकारी दिइएको थियो ।
प्रतिनिधिसभा बैठक पनि स्थगित हुँदै आएको छ । संसद्मा प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र कोरोना सङक्रमणलाई कारण देखाउँदै दुवै सदनका बैठक स्थगित हुँदै आएका छन् ।
प्रतिक्रिया