कपिलवस्तु, ०२ माघ । नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुको अध्यक्षमा प्रकाश गौतम सवैसम्मत चयन हुनुभएको छ । संगठनको आईतबार (आज) सम्पन्न १० औँ जिल्ला अधिवेशनबाट गौतम सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । त्यस्तै संगठनको खुला उपाध्यक्षमा जनकराज जोशि, अनिता क्षेत्री भट्टाराई, सचिवमा प्रकाश पोख्रेल, सहसचिवमा लाल बहादुर थापा, कोषाध्यक्षमा बिष्णु प्रसाद आचार्य चयन हुनुभएको छ भने अन्य सदस्यमा रहनुभएको छ ।
त्यस्तै अधिवेशनले केन्द्रिय प्रतिनिधिको रुपमा केशव राज भट्टाराई, कमला पौडेललाई चयन गरेको निर्वाचन मण्डल संयोजक संगठनका केन्द्रिय सदस्य खिम बहादुर जिसीले जानकारी दिनुभएको छ । संयोजक जिसीका अनुसार अधिवेशनले गौतमको नेतृत्वमा १५ सदस्यीय समिति चयन गरेको छ भने ६ जना पछि मनोनित गरिने छ ।
अध्यक्ष भएसंगै गौतमले संघ प्रदेश र स्थनीय तहमा समायोजन भएका सम्पुर्ण निजामती कर्मचारीहरुको मनोवल नखस्किने गरि ऐन आउनुपर्ने माग राख्नुभयो । अध्यक्ष गौतमले सम्पुर्ण निजामती कर्मचारीहरुको प्रशासनिक संघियता सफल पार्न आफ्नो अहम भूमिका रहने बताउनुभयो ।
गौतमले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै संगठनलाई बलियो र मजबुत बनाउने संकल्पका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया