अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा एक नेपाली युवती मृत अवस्थामा फेला



काठमाडौँ २ माघ – अष्ट्रेलियामा एक नेपाली युवती मृत अवस्थामा फेला परेकी छन् ।सिड्नीस्थित लेनकोभमा २२ वर्षिय सुस्मिता कपाली मृत अवस्थामा भेटिएकी हुन् । कीर्तिपुर घर भएकी कपाली अध्ययनका लागि सन् २०२० मा अष्ट्रेलिया पुगेकी थिइन । घटना बारे न्यु साउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतकको शव नेपाल पठाउन न्यु साउथ वेल्सको गैर आवासिय नेपाली संघले गो फण्ड मि मार्फत सहयोग संकलन सुरु गरेको छ ।

संघका युवा संयोजक बिक्रम दाहालले शव पठाउन सहयोग संकलन गर्न गोफण्डमिमा अभियान सुरु गरेका हुन् । अभियानबाट १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएको छ । परिवारको अनुमतिमा सहयोग संकलन सुरु गरिएको हो ।

मृतक सुष्मितालाई नजिकबाट चिन्ने एनआरएनए अभियन्ता उद्धव भट्टले यो घटनाले आफु आश्चर्यमा परेको बताउनु भयो । निकै मेहनति र मिजासिली स्वाभावकी सुष्मिताको असामहिक निधनले आफु निकै स्तब्ध भएको भट्टले बताउनु भयो ।

प्रकाशित : २ माघ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६