प्रदेश

यातायात कार्यालय रुपन्देही चार दिनका लागि बन्द



बुटवल, ०३ माघ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही चार दिनको लागि बन्द हुने भएको छ ।

कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोभिड संक्रमण भएको र अधिकाँसमा कोरानासँग सम्बन्धित लक्षणहरु देखिएको भन्दै भोलि मंगलबारदेखि ७ माघसम्मका लागि कार्यालय बन्द गरिएको हो ।

कोरोनाको जोखिम बढेपछि कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सवै सेवा ७ गतेसम्मका लागि बन्द गरिएको कार्यालय प्रमुख रमेश गौतमले जानकारी दिए ।

७ माघसम्मका लागि सबै प्रकारका सवारीको नामसारी कार्य रोकिएको र अत्यावश्यक सेवाहरु आंसिक मात्र सञ्चालन हुने गौतमद्वा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ३ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६