जीवनशैली

लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग १० करोड बजेट के को लागी माग गर्यो त ?



बुटवल ४ माघ –लुम्बिनी प्रदेश सरकारले कोरोना भाइरसको बढ्दो संक्रमण रोकथामको लागि संघीय सरकारसँग १० करोड रुपैयाँ बजेट माग गरेको छ ।मुख्यमन्त्री कूल प्रसाद केसीले कोभिड खर्च व्यवस्थापनका लागि संघीय सरकारसँग १० करोड रुपैयाँ माग गरे ।

उक्त बजेटबाट रुपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर र बाँकेको नेपालगञ्जमा होल्डिङ सेन्टर स्थापना गरी अगाडि बढाउने प्रदेश सरकारको योजना छ । केसीले कोरोना नियन्त्रणका लागि आवश्यक समन्वय गरी अगाडि बढेको बताए । सीमा नाकाबाट बेपरवाह मानिसहरु भित्रिँदा अहिले लुम्बिनीमा संक्रमण तीब्र रुपमा फैलिएको छ ।

मुख्यमन्त्री केसीले जनताको स्वास्थ्य पहिलो प्राथमिकता रहेकोले गर्दा सबै सरोकारवालाले प्रदेशवासी जनताहरुको जीवन सुरक्षा बनाएर नै अगाडि बढाउनको लागि अनुरोध गरे ।

कोरोनाको कारणले तराईको जिल्लाहरु बढी प्रभावित रहेको र विपतका हिसावले बुटवल, दाङ, गुल्मी, प्यूठान रोल्पा पूर्वी रुकुम लगायत पहाडी जिल्लाहरु रहेकोले कोरोनासँगै अब गर्मी याममा हुने आगलागी र वर्षा याममा हुने बाढी पहिरो नियन्त्रणका लागि पनि ध्यान दिनुपर्ने योजना बनाउनुपर्ने केसीको भनाइ छ ।

उनले विपतका लागि प्रदेश अझ धेरै प्रभावित हुन सक्ने बताउँदै बुटवलको ज्योती नगरको पहिरोलाई संघीय सरकारको सहकार्यमा पीडितलाई न्याय प्रदान गर्नका लागि आवश्यक रहेको बताए ।

उनले लुम्बिनी प्रदेश भारतसँग खुल्ला नाका रहेकोले गर्दा भारतबाट आउने नागरिकहरुलाई परिक्षण गर्दा काभिड देखिने र ती नागरिकहरुलाई घरसम्म पठाउनको लागि यातायातका साधनहरु निकै समस्या भएको बताए । त्यसका लागि संघीय सरकार र प्रदेश सरकारको सहकार्यमा उद्दार गर्न सकिने बताए । उनले संघीय सरकार, प्रदेश सरकार नीति निर्माण गर्ने र कार्यान्वयनका लागि स्थानीय तहलाई नै पहिलो प्राथमिकता दिनका लागि अनुरोध गरे ।

प्रकाशित : ४ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६