प्रदेश

१६ जनामा कोरोना देखिएपछि माघ ८ गतेसम्म सन्धिखर्क नगरपालिका बन्द



अर्घाखाँची, ०४ माघ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका मेयरसहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाको सेवा प्रवाहा बन्द गरिएको छ ।

मेयर कमलप्रसाद भुसाल सहित १५ जनामा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु आजदेखि माघ ८ गते सम्मका लागि बन्द गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।

मेयर भुसाललाई कोरोना देखिएपछि नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार १७ जनामा एन्टिजेन परीक्षण गरेको थियो । त्यसमा १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख पूर्णप्रसाद पराजुलीले बताउनुभयो ।

प्रकाशित : ४ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६