खोज–अनुसन्धान

एमाले कपिलवस्तुको प्रतिनिधी छनौट तालिका सार्वजनिक




कपिलवस्तु १४ माघ । नेकपा एमाले कपिलवस्तुले माघ २८ मा हुने लुम्विनी प्रदेश अधिबेशनका लागी प्रतिनिधी छनौटको कार्यविधी बनाएको छ । जस अनुसार माघ १७ मा हुने प्रदेश अधिबेशनको प्रतिनिधी चयन हुन चाहानेले माघ १६ गते नै तोकिएको निर्वाचन क्षेत्रमा उपस्थित भएर उम्मेदवारी दिनु पर्ने भएको छ । जसकालागि प्रदेश निर्वाचन क्षेत्रलाई आधार मानेर २ सय संगठित सदस्य वरावर एक जना प्रतिनिधी छानिने छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष डम्मर प्रसाद शर्माले प्रसपाटीलाई दिनु भएको विवरण अनुसार प्रदेश निर्वाचन क्षेत्र नं १ को १मा शिद्धार्थ क्याम्पस बुङची, १ को २मा वर्राेहिया , निर्वाचन क्षेत्र २ को १मा बुद्धभूमी क्यँम्पस इमलिया र २ को २ मा तौलिहवा एमाले पार्टी कार्यलयमा प्रतिनिधी चयन गरिने छ । त्यसैगरी क्षेत्र नं ३को १मा चन्द्रौटा र ३ को २को गणेशपुरमा प्रतिनिधी छानिने छ ।
एमालेका केन्द्रिय सदस्य एवम कपिलवस्तुका इन्चार्ज बलराम अधिकारीका अनुसार प्रदेश प्रतिनीधि चयन हुन चाहानेले १६ गते नै तोकिएका केन्द्रमा गएर उम्मेदवार दिएपछि सकभर सहमतिवाट नभए चुनाववाट १७ गते प्रतिनिधी छनौट हुने छ। कपिलवस्तुमा ८ हजार ५सय बढी संगठित पार्टी सदस्य रहेको एमालेमा २ सय सदस्य वराबर एक प्रतिनिधी छानेर प्रदेश अधिबेशनकालागि पठाउने तयारी भएको हो ।

प्रकाशित : १४ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६