प्रदेश

प्युठान जीप दुर्घटनाः ज्यान गुमाउने आठ जनाकै पहिचान खुल्यो (अपडेट)




प्युठान, २२ माघ ।

प्युठानकाे ओखरपाटामा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउने आठ जनाकै पहिचान खुलेकाे छ। दुर्घटनामा ज्यान गुमाउनेमा एक बालिकासहित पाँच महिला र तीन पुरुष रहेका छन्। मृतक आठ जनामध्ये एकै परिवारका तीन जना समेत रहेका प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा गौमुखी गाउँपालिका-६ जिनावबाङका ३९ वर्षीय वसन्त खड्का, उहाँकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरुकी ११ वर्षीया छोरी एलिसा खड्काको ज्यान गएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभएको छ । 

दुर्घटनामा त्यही  वडाका २९ वर्षीया केशरी खड्का, ५० वर्षीय जीप चालक बलबहादुर बुढा मगर, ३२ वर्षीय खिम खत्री र ५० वर्षीया नन्दी खड्काको ज्यान गएको छ । यस्तै नौबहिनी- ६ लुङकी १८ वर्षीया विपना जीसीकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 

दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जीसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया सावित्रा जीसी घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । 

प्युठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार बेहुलीको एउटा हात भाँचिएको छ । गम्भीर घाइते बेहुलीसहित तीन जनालाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ । बेहुला दानबहादुर खड्का र सावित्रा जीसीको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार भइरहेको छ ।

प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप आज बिहान एक बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियाे । नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटनामा परेकाे थियाे । 

जीप सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको थियाे । रातभर पानी परेको र बाटो चिप्लाे भएका कारण जीप दुर्घटना भएकाे डीएसपी थापाले जानकारी दिनुभयो ।

प्रकाशित : २२ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६