जीवनशैली

कपिलधाममा गुरुकुल बेद शिक्षा संचालन




बाबुराम रायमाझी
कपिलवस्तु २४ माघ । कपिलमुनि बौद्धिक संस्कृत विधा पिठ गुरुकुलम वाणगंगा ९ कपिल आरोग्य मन्दिर कपिलधाममा परम्परागत संस्कृति र संस्कार जगेर्ना गर्ने अभिप्रायले गुरुकुलमले वसन्त पञ्चमीको अवसर पारेर त्यस ठाउँमा संस्कृत शिक्षामा अध्ययनरत बटुकहरुका लागि माघ २३ गतेदेखि वेद शुभारम्भ एवम् सरस्वती पूजा गरेको थियो । कार्यक्रम पूर्व बटुकहरुद्धारा स्वस्तिक वाचन एवम् वेद पाठ गरी कार्यक्रको शुरुवात गरीएको थियो । गुरुकुलमको बारेमा धामका अध्यक्ष शंकर प्रसाद आचार्यले जानकारी गराएका थिए । गुरुकुलम कक्षा संचालनका लागि सामाजिक व्यक्तित्व हरिराज घिमिरे,यज्ञ प्रसाद भट्टराई,शेषकान्त वेल्वासे,विष्णु प्रसाद खनाल,बोम प्रसाद न्यौपाने,जिव नारायण पोख्रेलले आजिवन मासिक १ हजार र उदयमानले मासिक ५ सय प्रदान गर्ने घोषणा गरेका छन् ।
कार्यक्रममा बुद्धिजिवी मोहन ज्ञवाली,समाजसेवी हरिराज घिमिरे,सामाजिक अभियानता एवम धामका सल्लाहकार पोम नारायण पौडेल,कपिलवस्त ुउधोग वाणिज्य संघका पूर्व अध्यक्ष यज्ञ प्रसाद भट्टराइ,गुरुकुलमका अध्यक्ष शिवचन्द्र आचार्य,योग शिक्षक पुनाराम गिरी लगायतले आ–आनो धारणा राख्दै ऋषि महिर्षि ज्ञानको भूमि कपिलधाममा बेदको शिक्षा सञ्चालन भएकोमा राज्यको ध्यान जान जरुरी रहेको भन्दै यस ठाउँ एउटा नमूना योग्य धामको रुपमा रहने कुरा बताएका थिए । साथै कार्यक्रमका प्रमुख अतिथी मार्कण्डय कृष्ण योगीले ५ हजार वर्ष पुरानो ईतिहास रहेको कपिलमुनिको यस पवित्र स्थललाई पर्यटकिय रुपमा अगाडी बढाउन यस ठाउँमा रहेका अग्रज व्यक्तिहरु लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।छन् । त्यस्तै उनले एयरपोर्टको स्तरवृद्धि हुन नसक्नुमा मुख्य बाधक र कारक तत्व पैसाको चलखेल भएको पनि उनले बताए ।

प्रकाशित : २४ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६