खोज–अनुसन्धान

स्थानीय चुनाव रोक्न माग गरिएको रीट सर्वोच्चद्धारा अस्वीकार




काठमाडौं २६ माघ । स्थानीय तह निर्वाचनको मितिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजीवकुमार साहले पाँच वर्षको पूरा कार्यकाल काम गर्न पाउनु पर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।सरकारले वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेपछि यसविरुद्ध दायर भएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ ।मेयर साहको तर्फबाट सबि हाडाले मंगलबार सर्वोच्चमा रिट पेस गरेका थिए । तर सर्वोच्चले बुधबार उक्त रिट दरपीठ गरिदिएको हाडाले जानकारी दिए । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ ।
रिटमा वैशाख ३० मै निर्वाचन गरे पनि असोज २ गते मात्रै आफ्नो ५ वर्ष पुग्ने भएकाले सो अवधिसम्म काम गर्न पाउनुपर्ने माग गरेका थिए । तर सर्वोच्चले उनको माग अस्वीकार गरेको हो ।सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगसँग छलफल गरेर गत सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निणर्य लिएको थियो । यसअघि २०७४ वैशाख ३१, असार १४ र असोज २ गते तीन चरणमा स्थानीय तह निर्वाचन भएको थियो ।

प्रकाशित : २६ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६