कपिलवस्तु २० कात्तिक
लुम्बिनी भिजन कलेजले विद्यार्थीको शैक्षिक क्षमता अभिवृद्धि, प्रतिभा पहिचान, सामाजिक उत्तरदायित्व र सिर्जनात्मक विकासलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।
कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम २०८३ आयोजना गरेको छ। रक्तदान कार्यक्रम मार्फत विद्यार्थी, शिक्षक तथा अन्य सहभागीलाई मानवीय सेवाभाव र सामाजिक उत्तरदायित्व प्रति प्रेरित गरिएको कलेजले जनाएको छ।

त्यसैगरी, बीबीएस चौथो वर्षको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको छ। विद्यार्थीको मेहनत, लगनशीलता र शैक्षिक उपलब्धिको कदर गर्दै आयोजित सम्मान कार्यक्रमले अन्य विद्यार्थीलाई समेत उत्कृष्ट नतिजाका लागि प्रोत्साहित गर्ने विश्वास कलेजले लिएको छ।

कलेजले कक्षा ११ र १२ अन्तर्गत विज्ञान तथा व्यवस्थापन सङ्कायको प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ। यसैगरी, बीबीए र बीबीएस तहको प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरिएको छ।

विद्यार्थीको अभिव्यक्ति क्षमता, आत्मविश्वास र तार्किक सोच विकास गर्ने उद्देश्यले प्लस टु तहमा वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो। प्रतियोगिताले विद्यार्थीलाई आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने, समसामयिक विषयमा धारणा निर्माण गर्ने र नेतृत्व क्षमताको विकास गर्ने अवसर प्रदान गरेको क्याम्पस प्रमुख सुन्दर पाण्डेको भनाई रहेको छ।

यसैबीच, नेपालीहरूको प्रमुख सांस्कृतिक पर्व दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरिएको सहायक क्याम्पस प्रमुख मनोज खत्रीले बताउनु भयो । कार्यक्रममा पर्वको सांस्कृतिक महत्त्व, आपसी सद्भाव, भाइचारा र सामाजिक एकताको सन्देश प्रवाह गरिएको कलेजका प्रबन्धक युवराज पोख्रेलको भनाइ रहेको छ ।

कलेजले पठनपाठनलाई कक्षाकोठामा मात्र सीमित नराखी विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा सामाजिक गतिविधिलाई सँगसँगै अघि बढाउँदै आएको कजेजका सिइओ कृष्ण केसीको भनाई रहेको छ ।
यी गतिविधिले विद्यार्थीमा शैक्षिक प्रतिस्पर्धा, सामाजिक चेतना, सिर्जनशीलता, नेतृत्व क्षमता र मानवीय सेवाभाव विकास गर्न योगदान पु¥याउने अपेक्षा गरिएको क्याम्पसले जनाएको छ। रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी बाणगंगा शाखाले गरेको थियो ।









प्रतिक्रिया