प्रदेश

जबाराविरुद्धको महाभियोग स्थानीय चुनाव नगराउने षड्यन्त्रः ओली



काठमाडौं, ०२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र भएको बताउनुभएको छ।

संसद भवन नयाँ बानेश्वरमा जारी एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता ओलीले महाअभियोग प्रस्ताव गलत भएको बताउनुभएको हो। उहाँले सत्तारुढ गठबन्धन ५ दलविरुद्ध एमाले एक हुन सांसदहरुलाई निर्देशन समेत दिनुभएको बैठकमा सहभागी सांसदहरुले बताएका छन् ।

त्यस्तै एमसीसीसहितको विषयमा एमालेलाई अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गर्न गठबन्धनले काम गरिहेको पनि अध्यक्ष ओलीको आरोप छ । सरकारको गतिविधि विरुद्ध जनसंघर्ष गर्ने उहाँले बताउनुभयो। नेकपाको बैठक अहिले पनि जारी रहेको छ।

प्रकाशित : २ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६