प्रदेश

कांग्रेस कपिलवस्तुमा आफुखुसी उम्मेद्वारी घोषणा गर्न नपाईने ।




कपिलवस्तु, ०२ माघ ।

आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर बिभिन्न चोक तथा चिया पसल छलफल चल्न थालेका छन् । अर्को तर्फ
निर्बाचनमा उम्मेद्धार बन्ने आकांक्षीहरुले सामाजिक संजाल मार्फत उम्मेद्धारी घोषणा गरिरहेका छन् । यसै क्रममा नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ क्षेत्रिय समितिले आफुखुसी उम्मेद्वारी घोषणा गर्न नपाईने जनाएको छ । क्षेत्रिय कार्य समितिको माघ २९ गते शनिबार बसेको बैठकली आफुखुसी उम्मेद्धारी घोषणा नर्गन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई अपिल गर्ने निर्णय गरेको क्षेत्रिय सचिव गंगेशनाथ तिवारीले बताएका छन् । उनले लोकतान्त्रिक पद्धतिमा आफ्नो चाहना अनुसार उम्मेदवारी प्रस्तुत गर्नु स्वाभाविक भए पनि पार्टीको बिधि र नियम अनुसार बढ्दा पार्टी नेता कार्यकर्ता फाईदा हुने भएकोले आफुखुसी उम्मेद्धारी घोषणा गर्न रोक लगाईएको बताए । आफुखुसी उम्मेद्धारी घोषणा गर्दै हिड्ने जो कोहीलाई पनि अनुशासनको कारवाही गरिने निर्णय भएको क्षेत्रिय सभापति केशव कुमार श्रेष्ठले बताए । पार्टीले योगदानको आधारमा निर्णय गर्ने बताउदै उनले यसरी सबैले चोक चौराहा र फेसबुकबाट उम्मेदारी घोषणा गर्दै हिड्दा निष्ठावान कार्यकर्ताहरुको मनोवल कमजोर हुने पार्टीलाई क्षति पुग्ने हुँदा आफुखुसी उम्मेद्वारी घोषणा नर्गन कार्यकर्ताहरुलाई अनुरोध गरिएको श्रेष्ठले बताएका छन् । कांग्रेसको तर्फबाट उम्मेद्धार हुन ईच्छुक नेता तथा कार्यकर्ताहरुले पार्टीको वार्ड समिति, प्रदेश सभा कार्यसमिति र क्षेत्रिय सभा कार्य समिति हुंदै जिल्ला समिति आफ्नो दावीदारी राख्न पाउने भएकोले आफुखुसी उम्मेद्वारी घोषणा गर्न रोक लगाउने निर्णय भएको उनले बताए।

प्रकाशित : २ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६