प्रदेश

बाग्लुङको तमानखोला गाउँपालिकाले युवालाई निःशुल्क तालिम र ऋणमा ब्याज अनुदान




बाग्लुङ, ०२ फागुन । कोरोना महामारीका कारण रोजगारी गुमाएका युवालाई व्यवसायमा जोड्न बाग्लुङको तमानखोला गाउँपालिकाले तालिम र अनुदानका कार्यक्रम ल्याएको छ । कोरोना महामारीका बेला स्वदेशमै अथवा विदेशमा रोजगारी गुमाएका युवालाई स्वरोजगार बनाउन व्यवसायमा प्रेरित गर्न थालिएको हो ।

स्वरोजगारमूलक व्यवसाय गर्ने युवा तथा महिलाका लागि व्यवसाय गर्दा बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको ब्याज तिरिदिने र आवश्यक तालिम तथा प्रशिक्षण निःशुल्क उपलव्ध गराउने नीति गाउँपालिकाले लिएको हो ।

गाउँपालिकाले तयार गरेको कार्यविधिअनुसार रोजगारी गुमाएका जोकोहीले पनि तमानखोलाभित्र रहेका बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको सबै ब्याज गाउँपालिकाले नै तिर्ने भएको छ । दशौँ गाउँसभाबाट पारित भएको कार्यविधिले ऋणको ब्याज तिर्ने गरी युवा तथा महिलाले गर्ने व्यवसायमा लगानी गर्न सरोकारवालालाई आग्रहसमेत गरिएकोे छ । लगानीको अभावमा व्यवसाय सुरु गर्न नसकेका युवाका लागि गाउँपालिकाले बनाएको विधि उपयुक्त हुने अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।

‘एक जनाले रु पाँच लाखदेखि २५ लाखसम्म व्यवसायको प्रकृति हेरेर ऋण लिनसक्ने व्यवस्था हामीले गरेका छौं’ उहाँले भन्नुभयो,ुकोरोना महामारीका बेला स्वदेश तथा विदेशमा रोजगारी गुमाएका युवासाथी यो कार्यक्रममा सहभागी हुन सक्नुहुने छ ।ु

कार्यविधि कार्यान्वयनमा आइसकेको अध्यक्ष बुढाले बताउनुभयो । गाउँपालिकामा महामारीको समयमा रोजगारी गुमाएकाको तथ्याङ्क भने तयार भइसकेको छैन् । गाउँमा नै स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्दा उत्पादन बढ्ने र अन्य सर्वसाधारणलाई समेत रोजागरीमा जोडिन वातावरण सहज हुने गाउँपालिकाको विश्वास छ । गाउँपालिकाले स्वरोजगारमूलक व्यवसायमा लाग्ने युवा तथा महिलाका लागि प्रेरित गर्ने कार्यक्रमसमेत सञ्चालनमा ल्याएको छ । तालिम, प्रशिक्षण र प्रक्रियामा सहयोग गर्नेदेखि ऋणको ब्याज तिर्ने र गाउँपालिकाकै तर्फबाट अनुदान सहयोग गर्नेसम्मका कार्यक्रम छन् । (रासस)

प्रकाशित : २ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६