कपिलवस्तु २ फागुन । लुम्विनी प्रदेशमा संघियता कार्यान्वयनमा गंभिर त्रुटी नभएको तर कतिपय कामकारवाहीमा ,ढिलाई भएको हुन सक्ने प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले वताउनु भएको छ । लुम्विनी प्रदेश सभा ऐन कानुन वनाएर संघियतालाई सस्थागत गर्नेमा सबैभन्दा अब्बल देखिएको उहाले दावि गर्नु भएको छ । संघीयता कार्यान्वयनमा लुम्विनी प्रदेशसभा विषयक वहशमुलक टेलिभिजन कार्यक्रम परिसंवादमा वोल्दै उहाले यस्तो वताउनु भएको हो । चार वर्षमा ५ दर्जन वढी प्रादेशीक कानुन वनाएको वताउदै अव संघियता कसैले चाहेर पनि असफल पार्न नसक्ने उहाले स्पष्ट पार्नु भयो ।

प्रदेश सभाका चार वर्षमा भएका राम्रा काम र आगामी दिनमा सुधार गर्नु पर्ने विषय केन्द्रित परिसंवाद कार्यक्रममा बोल्दै लेखक एवम विष्लेषक ऋषि आजादले तराईका मधेसी मुस्लिम आदीवासी जनजाती संघियतावाटै आफूहरुको भलो हुनेमा वढी आशावादी रहेको वताउनु भयो ।उहाले भन्नु भयो संघियता वोझ भयो खारेज गर्नु पर्छ भन्ने आवाज छिटफूट रुपमा उठेपनि त्यो औचित्यपूर्ण नठहर्ने ठोकुवा गर्नु भयो ।
प्रादेशीक कानुनको मस्यौदा समितिमा रहेर कृयासिल अधिवक्ता महेन्द्र पाण्डेले वहश मुलक परिसंवादमा वोल्दै भन्नु भयो जनताको आधारभूत जीवन रुपान्तरणमा प्रदेश सरकारको भूमिका स्थापित हुनु परयो । संघियता मजवुत हुन विशेष भूमिका स्थापित हुन्छ भने प्रदेश सरकारमाथि विस्वास वढ्छ अन्यथा प्रादेशीक संरचना राजनैतिक अखडा मात्र बन्न सक्छन् ।
संवाद समूह लुम्विनीका अध्यक्ष समेत रहनु भएका बरिष्ट पत्रकार एवम सहजकर्ता शुसिल वास्तोलाको सहजीकरणमा भएको कार्यक्रममा प्रदेश सभाले गरेका र गर्न नसकेका कामकोखोज मुलक रिपोर्टको नतिजामाथि केन्द्रित रहेर परिसंवाद भएको हो । सामुदायिक टेलिभिजन बुद्ध आवाजले उत्पादन गरेको वहश मुलक टेलिभिजन कार्यक्रम परिसंवाद सोमवार राती ८ः३० वजे लुम्विनी प्रदेशका








प्रतिक्रिया