नेपालगन्ज १० फागुन ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बाँकेका ५१ वटा विद्यालय छनोटमा परेका छन् । अनेपालगन्ज उपमहानगरपालिकाका ८, नरैनापुर गाउँपालिकाका ४, कोहलपुर नगरपालिकाका ९ वटा, खजुरा गाउँपालिकाका ७ वटा, जानकी गाउँपालिकाका ३ वटा, डुडुवा गाउँपालिकाका ४ वटा, राप्तीसोनारी गाउँपालिकाका १० वटा, बैजनाथ गाउँपालिकाका ६ वटा विद्यालय सिफारिसमा परेका हुन् ।
शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चारकोठे, दुईकोठे भवन तथा विद्यालयमा आईसिटी व्यवस्थापनका लागि बजेट हुने गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी उद्धव श्रेष्ठका अनुसार बाँकेका ८ स्थानीय तहबाट १ सय ४५(पइतालिस) विद्यालयलाई सिफारिस गरिएको थियो । बाँकेका २३ वटा विद्यालयले ४ कोठे भवनका लागि ३६ लाखका दरले, २० वटा विद्यालयले ६ लाख ५० हजारका दरले, ७ वटा विद्यालयले १८ लाखका दरले, एउटा विद्यालयले ५२ लाख रुपैयाँ प्राप्त गर्ने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको विवरणमा उल्लेख रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
१० फाल्गुन २०७८, मंगलबार








प्रतिक्रिया