कपिलवस्तु २४ फागुन -कपिलवस्तु नगरपालिका वडा नम्बर १० पचेहरामा मुस्लिम महिलाहरुको सहभागीतामा दिगो भबिष्यकालागि समानता बिषयमा अन्तरक्रिया कार्यक्रम संपन्न गरिएको छ । हेल्पीङ हेन्ड फर रिलिफ डेभलवमेन्ट तथा हिउमन रिलिफ अर्गनाईजेशन नेपालको सहयोगमा कार्यक्रम संपन्न गरिएको हो ।
अनाथ बालबालिका सहयोग कार्यक्रम अन्र्गत महिला दिवसमा अवसरमा गरिएको कार्यक्रममा संबिधानमा महिलालाई दिइएको बिभिन्न अधिकारका बिषयमा जानकारी गराइएको थियो । सो अवसरमा हिउमन रिलिफ अर्गनाईजेशनका अध्यक्ष ताहिर महमुदले संबिधानमा प्रदत्त अधिकार बोरे अधिकांस मुस्लिम महिलाहरुलाई जानकारी नभएकाले समस्या भएको बताए । मुस्लिम महिलाहरुलाई अघि बढन कुनारले समते नरोके पनि चेतना र अवसर नपाउदा उनीहरु सशक्त हुन नसकेको उनले बताए । मुस्लिम महिलाहरुले आफनो हक अधिकारकालागि आवजा बुलन्द बनाउनु पर्ने बताए ।
मुस्लिम अगुवा फैजुल रहमानले कुरानमा मुस्लिम महिलाहरुलाई अधिकार दिईए पनि अझै सम्म त्यसको सदुपयोग भने हुन नसकेको बताए । उनले मुस्लिम महिलाहरुलाई पढन लेख्न, परिवार नियोजन, रोजगार, राजनीती लगातयका थुप्रै अधिकार भए पनि अनेक बाहानमा रोक्ने गरिएको उनले बताए । उनले आफनो धर्म र परिवार समाजमा आच नआउने किसिमले मुस्लिम महिला अघि बढनु पर्ने बताए । मुस्लिम अगुवा ताहिर हुसेनले बालबालिका संरक्षण बिषयमा जानकारी गराएका थिए । अनाथ बालबालिका सहयोग कार्यक्रम अन्र्गत सो संस्थाले २ सय बढी अनाथ बालबालिकालाई छात्रबृत्ति सहयोग गदै आएको छ । कार्यक्रममा कार्यक्रम संयोजक सद्दाम हुसेन, फिल्ठ अफिसर सुहेल अहमद लगतयको सहभागीता थियो ।
प्रतिक्रिया