प्रदेश

अर्ली इलेक्सन सम्भव छैनः प्रचण्ड



काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्ली इलेक्सनको अब सम्भावना नभएको बताउनुभएको छ ।

धनगढी विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले नेकपा एमालेले संसद चल्न नदिएकाले अर्लि ईलेक्सनको भ्रम फैलाईएको भन्दै त्यो अब सम्भव नभएको बताउनुभयो ।

संसदको चुनाव नियमित तालिकामै हुने भन्दै दाहालले आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव घोषणा भईसकेकाले सोही अनुसार प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसलाई पनि संलग्न गराउने सहमति भईसकेको बताउनुभयो ।

एकीकृत समाजवादीका केही मन्त्रीलाई फिर्ता बोलाएर काँग्रेस भित्र्याउने सहमति भएको उहाँको तर्क छ ।

प्रकाशित : ३० फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६