काठमाडौं, ३० फागुन । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जेठदेखि दैनिक एक उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार कुवेतको जजिरा एयरवेजले साताको सात उडान गर्ने गरी प्राधिकरणमा निवेदन दिएको छ ।
‘२ जेठबाट उडान गर्ने गरी जजिराले निवेदन दिएसँगै नयाँ विमानस्थलबाट उडान हुने निश्चित भएको छ’ कर्णले भने ।
जजिराले अहिले काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ । प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने धेरै नेपालीले सिधा उडान गर्न सक्ने अपेक्षा गरेको छ । जसले गर्दा नयाँ विमानस्थलले सजिलै उडानहरु पाउने आशा प्राधिकरणका अधिकारीहरुको छ । सरकारले बुद्ध पूर्णिमाको दिन (२ जेठ) पारेर यो विमानस्थलमा नियमित उडान शुरु गर्ने घोषणा यसअघि नै गरेको थियो ।
३० फाल्गुन २०७८, सोमबार
प्रतिक्रिया