कपिलवस्तु, ०२ चैत्र ।
कपिलवस्तुको बुद्धरंगशाला वाणगंगामा आयोजना गरिएको १२ औं कपिलवस्तु महोत्सव नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्ने भएका छन् । गृहमन्त्री खाँणले चैत्र ३ गते दिउँसो २ बजे महोत्सवको उद्घाटन गर्ने कपिलवस्तु उद्योग वाणिज्य संघले जनाएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले महोत्सव तयारीबारे मंगलबार जानकारी दिएको हो । महोत्सवका निर्देशक तथा कपिलवस्तु उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगरले महोत्सवबारे जानकारी दिदैं तयारी अन्तिम चरणमा पुगेको बताए । निर्देशक रेश्मीले भने ‘स्टल निर्माण, मञ्च व्यवस्थापन लगायतको काम अन्तिम चरण पुगेको छ ।’ विश्वकै अग्लो मानिने दुवैमा रहेको टावर को झल्को दिने खालको ५२ फिट अग्लो गेट प्रवेश द्धार निर्माण सम्पन्न भएको उनmले बताए । उनले महोत्सवमा जिल्लाका साथै अर्घाखाँची , रुपन्देही दाङ्गका साथै सिमावर्ती क्षेत्रबाट पनि दर्शकहरु आउने बताए । महोत्सवमा करिव २ लाख दर्शकले अवलोकन गर्ने र करिव ५ करोडको कारोवार हुने लक्ष्य रहेको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए ।
महोत्सवमा आल चर्चामा रहेका कलाकार प्रकाश सपुत, शिव परियार, प्रमोद खरेल, पशुपति शर्मा, खुमन अधिकारी , बद्री पंगेनी, प्रिति आले, सम्झना भण्डारी, रमेशराज भट्टराई, छेवाङ लामा, पुष्पन प्रधान, रचना रिमाल लगायत अन्य २ दर्जन बढि कलाकार आउने जनाईएको छ । महोत्सव धार्मिक हिसावले समेत महत्वपुणर् रहेको छ । महोत्सव स्थलमा शिव , बुद्ध मुर्तीका साथै गुम्बाको दर्शन महत्वपुणर् सेल्फी जोन लगाएतका क्षेत्रको समेत अवलोकन र मनोरन्जन गर्न पाईने मेला सचिवालयले जनाएको छ ।
२ चैत्र २०७८, बुधबार
प्रतिक्रिया