कपिलवस्तु ६ चैत : १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको तेस्रो दिन २० हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवको तेस्रो दिन आज शनिबार २० हजार बढी दर्शकले अवलोकन गरेका कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिनुभयो । यो गर्मीको मौसममा पनि दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको महासचिव पौडेलले बताउनुभयो । महासचिव पौडेलका अनुसार आज करिब ३० लाख बराबरको आर्थिक कारोबार भएको छ ।
महोत्सवमा शनिबार स्थानीय तथा राष्ट्रिय कलाकारले बेजोड प्रस्तुति राखेका छन् । लोक दोहोरी खुमन अधिकारी, शिलु भट्टाराई, शिव खनाल, शारदा खनालले बेजोड प्रस्तुति राखेको वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बताउनुभयो ।यस्तै डान्सर तथा मोडल असिम क्षेत्री, अभिषेक खड्का, सदिक्षा चौधरी र लोक दोहारी गायक नारायण लेकालीले प्रस्तुति राखेको उहाँले जानकारी दिनुभयो ।निर्देशक रेस्मीका अनुसार भोलि आईतबार चर्चित आधुनिक गायक प्रमोद खरेल, लोक गायक विक्रमबाबु विश्वकर्मा, वर्षा थापा लगायतको बेजोड प्रस्तुति रहने छ । यस्तै आज १० औं कपिलवस्तु डान्स आईडलतर्फ १२ जना प्रतियोगीले आआफ्नो नृत्य प्रस्तुत गरेका डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिनुभयो । संयोजक खाँणका अनुसार भोलिबाट भोटिङ सुरु हुने छ भने भोलि नै एक जना प्रतियोगी भोटिङ र जजहरुको मूल्याङ्कनका आधारमा एक जना प्रतियोगिताबाट बाहिरिने छन् ।
‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ गतेदेखि सुरु भएको हो । महोत्सव चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा चल्ने छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।








प्रतिक्रिया