प्रदेश

कपिलवस्तुमा रोलरले किच्दा हुलाकि सड्कका सुपरभाईजरको मृत्यु




कपिलवस्तु, ०८ चैत्र ।
कपिलवस्तुमा रोलरले किच्दा हुलाकि सड्कका सुपरभाईजरको मृत्यु भएको छ । महाराजगंज नगरपालिका– २ गैडहवा स्थित तौलिहवा बहादुरगंज हुलाकि सड्क खण्डमा बाटो पिच गर्ने क्रममा अचानक रोलरले ठक्कर दिँदा सोहि सड्कका सुपरभाईजरको मृत्यु भएको हो । कपिलवस्तु नगरपालिका–४ दालपुर बस्ने अन्दाजि ३५,३६ बर्षका बसन्त कुमार यादव लाई जिल्ला अस्पताल तौलिहवाले मृत्यू घोषणा गरेको जिल्ला प्रहरी कार्यलय तौलिहवाले जनाएको छ । बा २ क ४३३९ नम्बरको रोलरले मंगलवार विहान ठक्कर दिएको बताईएको छ । ठक्कर दिने रोलर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । मृतकको लासलाई अहिले जिल्ला अस्पताल तौलिहवामा राखिएको छ । चालकको लापहरवाईले यादवको मृत्यू भएको उनका आफन्तको आरोप छ ।

प्रकाशित : ८ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६