कपिलवस्तु ८ चैत : स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कपिलवस्तुमा राष्ट्रिय दल बाहेकका २१ दले जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन । निर्वाचन आयोगले सक्रिय रहेको जिल्लामा दलको निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेपछि २१ दलले दर्ता गराएका हुन । चैत २ देखि चैत ६ सम्म तोकिएको मिति सम्म जिल्लामा २१ राजनीतिक दलले बिवरण बुझाएर दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले बताए । ती राजनीतिक दलले जिल्लास्तरको संगठन संरचना (जिल्ला समिति) को विवरण पेस गरेका हुन ।
निर्वाचन आयोगमा भने ७९ वटा दलले बिवरण बुझाएका थिए । आयोगले स्थानीय तह निर्वाचनमा ७३ राजनीतिक दलको उम्मेदवारलाई सोही दलको निर्वाचन चिह्न प्रदान गर्ने सम्बन्धमा जिल्लास्तरको संगठन संरचना (जिल्ला समिति) को विवरण चैत ६ भित्र पेस गर्न पत्राचार गरेको थियो । उता स्थानीय तहको निर्वाचनको मिति नजिकएसंगै जिल्ला निर्वाचन कार्यालयले आफनो गतिबिधि समेत बढाएको छ । यही चैत १३ गते कार्यालयले अन्तिम नामावली प्रकाशनको तयारी गरेका जिल्ला निर्वाचन अधिकारी पन्थीले बताए । प्रांरभिक बिवरण अनुसार जिल्लामा ३ लाख ७६ हजार १७९ मतदाता छन । त्यस मध्ये १ हजार ७५७ जनाको मृत्यु भई सकेको बिवरण आएको पन्थीले बताए ।
बैशाख ३० मा हुने जिल्लामा रहेको १० पालिकाको निर्वाचनकालागि २ सय ३५ वटा मतदान स्थान कायम भई सकेको छ । यस पटकको निर्वाचनमा शिवराज नगरपालिका– १ शिवमन्दिर धर्मशाला र बिजयनगर गाउपालिका– १ स्थित आधारभुत स्वास्थ्य चौकी मतदान स्थल थप भएको पन्थीले बताए । मतदान केन्द्र भने अहिले सम्म यकिन भई नसकेको उनले बताए । ४ सय ७३ वटा मतदान केन्द्र हुने अनुमान गरिएको छ । गएको निर्वाचनमा जिल्लामा २ सय ३३ मतदान स्थलमा ४ सय १० मतदाता केन्द्र थिए ।
प्रतिक्रिया