प्रदेश

दाङ–सल्यान सडकखण्डमा सुख्खा पहिरो, स्काभेटर पुरियो



दाङ, ०९ चैत्र । राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सडकखण्ड बन्द भएको छ । सडक निर्माणको क्रममा सुख्खा पहिरो झरेपछि सडक बन्द भएको हो ।

सल्यानको कपुरकोट–३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्काभेटरका अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् ।

पहिरो झरेको ठाउँमा अर्को स्काभेटर भए पनि सडकको अवरोध हटाउन समस्या भएको र दाङबाट अर्को स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको छ । दिउँसोसम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : ९ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६