प्रदेश

बिप्लवको केन्द्रिय बैठक स्थल नजिकै आएर गृहमन्त्री खाणले भने निर्वाचनमा जाऔं : बहिस्कारको अर्थ रहदैन



कपिलवस्तु ९ चैत्र ।नेकपा बिप्लव समुहको केन्द्रिय बैठक जारी रहेको शिवगढी नजिकैको स्थल शिवपुरमा आएर गृहमन्त्री वालकृष्ण खाणले निर्वाचनमा सबै जाऔं भन्दै बहिस्कारको कुनै अर्थ नहुने सन्देश दिनु भएको छ । गृहमन्त्री खाँणले स्थानीय चुनावमा भाग लिन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।कपिलवस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालयको उद्घाटन गर्दै मन्त्री खाँणले निर्वाचनमा भाग लिन दलहरूलाई आग्रह गर्नुभएको हो ।विकासमा हातेमालो गर्न स्थानीय निर्वाचन सहभागी हुनु आवश्यक रहेको उहाँको भनाइ छ ।

स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकार लागिपरेको गृहमन्त्री खाँडले बताउनुभयो ।स्थानीय चुनाव निष्पक्ष हुने विश्वास दिलाउँदै उहाँले नागरिकले आफूलाई उपयुक्त ठानेका प्रतिनिधि छान्न सक्ने बताउनुभयो । आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिवद्ध रहेको पनि मन्त्री खाँणको भनाइ थियो ।अर्को प्रसंगमा मन्त्री खाणले सशस्त्र प्रहरीका अधिकृत र जवानको लामो समयदेखि रोकिएको वृत्तिविकास सुचारु गर्ने तयारीमा सरकार रहेको बताउनुभयो ।

प्रकाशित : ९ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६