प्रदेश

चिनियाँ विदेशमन्त्री वाङ काठमाण्डौ आउने, त्रिभुवन विमानस्थलबाट हुने उडान केहीबेर प्रभावित हुने



काठमाण्डौ, ११ चैत्र । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण केहीबेर प्रभावित हुने भएको छ।

विदेशमन्त्री वाङ बेलुका साढे पाँच बजे भारतबाट काठमाण्डौ आउने तालिका रहेको छ । उहाँको विमान अवतरण हुने बेलामा अरु उडान र अवतरण केहीबेर प्रभावित हुने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

‘भीभीआईपी पाहुना आउँदा नोटाम नै जारी गरेर विमानस्थल बन्द हुन्थ्यो, आज आउन लागेका पाहुना भीभीआईपी नभइ भीआईपी हो, उहाँको विमान अवतरणको बेला केहीबेर अरु उडान प्रभावित हुन सक्छन् सिटौलाले भन्नुभयो ।

आधा घण्टा उडान प्रभावित हुन सक्ने र त्यसको लागि आन्तरिक उडानहरुको तालिका मिलेको र अन्तर्राष्ट्रिय उडानमा पनि खासै समस्या नहुने उहाँको भनाइ छ । तीन दिने भ्रमणको लागि चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदैहुनुहुन्छ ।

प्रकाशित : ११ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६