प्रदेश

बम विस्फोट हुँदा एक जना गम्भीर घाइते




रामेछाप, ११ चैत्र । रामेछाप नगरपालिका–४ हिमगङ्गाको धारापानी बसेरीमा रहेको लिखु नदीमा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा बम विस्फोट हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

बम विस्फोट हुँदा रामेछाप नगरपालिका–४ हिमगङ्गाका ३४ वर्षीय टुकबहादुर श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । घाइते श्रेष्ठको स्थानीय साँघुटार स्वास्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयो । घाइते श्रेष्ठको काठमाण्डौको टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

उहाँका अनुसार माछा मार्न विस्फोटक पदार्थसहित श्रेष्ठसँगै गएका अन्य तीन जनालाई प्रहरीले लिखु नदीबाट पक्राउ गरेको छ । सिन्धुली जिल्ला कमलामाई नगरपालिका–५ का ३० वर्षीय बुद्ध लामा र वडा नं–४ का ५२ वर्षीय रामबहादुर विक तथा भद्रकाली गाउँपालिकाका २९ वर्षीय निल लामालाई प्रहरीले रामेछाप नगरपालिका–४ हिमगङ्गा धारपानीबाट पक्राउ गरेको हो ।

प्रहरीले नियन्त्रणमा लिइएका तीन जनालाई विस्फोटक पदार्थ ऐनअनुसार मुद्दा दर्ता गरी म्याद थपसहित कारबाहीका लागि अनुसन्धान बढाइने जनाएको छ ।

प्रकाशित : ११ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६