अर्थ-वाणिज्य

आई.सि.एफ.सि.फाईनान्स लिमिटेड ओदारी शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



कपिलवस्तु, चैत्र ११

आई.सि.एफ.सि. फाईनान्स लिमिटेड ओदारी शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाले बाणगंगा ११ स्थित श्री ओदारी माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । आई.सि.एफ.सि. फाईनान्स लिमिटेड ओदारी शाखाका प्रबन्धक कुमार थापाले कार्यक्रमलाई सम्बोधन गर्दै ग्रामीण क्षेत्रमा रहेका मानिसहरुको बैंक तथा वित्तीय संस्थासम्म पहुँच बढाउने र बैंकिङ कारोबारका लागी लक्षित समूहलाई अभ्यस्त बनाउन यस्तो कार्यक्रम संचालन गरिएको बताउनुभयो । प्रबन्धक थापाले कार्यक्रममा बैंक खाता, बचतको आवश्यकता र यसको फाईदा, कर्जा र कर्जाको सही सदुपयोग, बिप्रेषण, पठाउन ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयहरुको बारेमा जानकारी गराउनुभएको थियो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण कँडेलले आई.सि.एफ.सि.फाईनान्सले यस क्षेत्रमा वित्तिय सेवा र वित्तीय साक्षरता कार्यक्रम गरेर आर्थिक विकास तथा वित्तिय सेवामा उल्लेखनीय योगदान गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । साथै उहाँले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्य गर्दै जान सुझाव दिनुभयो । आई.सि.एफ.सि. फाईनान्स लिमिटेड ओदारी शाखाका प्रबन्धक कुमार थापाको अध्यक्षता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण कँडेलको प्रमुख आतिथ्यता, विद्यालयका प्रअ शोभाखर भूसाल, शिक्षक तुलाराम चौधरीको स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन फाईनान्सका कर्मचारी राम नारायण चौधरीले गर्नुभएको थियो । कार्यक्रममा कक्षा ९ र १० का ७० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रकाशित : ११ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६