प्रदेश

हुलाकी राजमार्गको गफ चुट्ने काँग्रेस, कालोपत्रे गर्ने एमालेः नेता अधिकारी




कपिलवस्तु चैत्र १४ गते ।
एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला ईन्चार्ज बलराम अधिकारीले कपिलवस्तुको विकासको लागि एमालेलाई जिताउनु पर्ने बताउनु भयो । कपिलवस्तुमा एमाले नेतृत्वको सरकारको वेला विकासको चर्चा गर्दै स्थानीय निर्वाचनमा एमालेले जित्ने दाबी गर्नु भयो ।
एमाले पार्टि प्रवेश कार्यक्रममा बोल्दै उहाँले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कपिलवस्तुमा धेरै विकास गरेको बताउनु भएको थियो । हिजो सम्म हुलाकी सडक बनाउँने भन्दै भोट हिड्नेले काम गरेनन् ओली प्रधानमन्त्री भए पछि बल्ल कालोपत्रे भएको बताउनु भयो । कपिलवस्तुका तिलौराकोट बृहत योजना, डुमरा मराराजगन्ज सडक, तौलिहवा अस्पतालको स्तरउन्नती जस्ता ठुला योजना र सयौँ मध्यम योजना एमाले सरकारमा रहदाँ भएको बताउनु भयो ।

प्रकाशित : १४ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६