प्रदेश

हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको निर्देशन



कपिलबस्तु, १५ चैत्र । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले हातहतियार बुझाउन निर्देशन दिएको छ । इजाजत प्राप्त हातहतियार जिल्ला प्रशासन कार्यालयले नजिकैको प्रहरी ईकाइहरुमा चैत मसान्तभित्र स्वतःस्फूर्त रूपमा बुझाउन निर्देशन दिएको हो ।

गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला भित्र रहेका इजाजत प्राप्त सबै हतियार बुझाउन प्रशासनले निर्देशन दिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार प्रहरी कार्यालयमा बुझाएका हातहतियार सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई नै फिर्ता गरिनेछ । निर्धारित समयभित्र नबुझाई अटेर गरेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

प्रकाशित : १५ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६