प्रदेश

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न बसमा चढेर लुम्बिनी पुगे – एमाले अध्यक्ष ओली



बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न बसमा चढेर लुम्बिनी पुगेका छन् । अध्यक्ष ओलीसहित उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, राष्ट्रिय सभासदस्य गोपाल भट्टराई, प्रदेशसभा सदस्य लीला गिरी, भूमिश्वर ढकाल, बुटवल उपमहानगरका मेयर शिवराज सुवेदी लगायतका नेताहरु तिलोत्तमाको मणिग्रामबाट लुम्बिनीको यात्रा गरेका हुन् ।

सोमबार साझदेखि मँगलबार दिनभर रुपन्देहीमै समय बिताएका ओलीले विहान तिलोत्तमा-२ शंकरनगरको वनवाटिकामा निर्माण गरिएको बहुउद्देश्यीय भ्यू टावरको उद्घाटन गरे भने त्यस लगत्तै मणिग्राममा आयोजित भूपू सैनिकहरुको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका थिए । यसैगरी सुन्दर यातायात प्रालिको विद्युतीय बसको उद्घाटन गर्दै उनी सोही बसमा चढेर लुम्बिनी पुगेका हुन् ।

ओली विद्युतीय बसमा चढेर झण्डै ५५ किलोमिटरको यात्रा गरेको प्रालिका सञ्चालक डीआर घिमिरेले बताए । बस यात्रापछि उनले विद्युतीय बस चल्ने जस्तै यस क्षेत्रका सडक लोभलाग्दा रहेको बताए । नेपाल अब आधुनिकतातर्फ गइसकेको बताउँदे अध्यक्ष ओलीले अब प्रदूषणरहित बस चलाउनुपर्ने बताए । विद्युत बस सञ्चालनले व्यापार घाटालाई कम गर्न सहयोग गर्ने उनले बताए ।

नेपालमै पहिलो विद्युतीय सार्वजनिक बस यस क्षेत्रमा भित्राइएको प्रालिका सञ्चालक घिमिरेले बताए । तत्कालका लागि दुई वटा बस ल्याइएको बताउँदे उक्त बस बुटवल-भैरहवा, बुटवल-लुम्बिनी, सालझण्डी-कपिलवस्तुको चार नम्बर रुटमा चल्ने गरेको बताए । ५० सिट क्षमताको बस सुविधासम्पन्न भएको प्रालिको दाबी छ ।

प्रकाशित : १६ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६