जीवनशैली

न्यून चापीय प्रणालीको प्रभावः मेघ गर्जन र चट्याङसहित वर्षा



काठमाडौं १६ छैन । हाल देशमा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ। प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका भू(भागका केहि स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।
त्यस्तै राती प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

बिहीबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

यता शुक्रबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू(भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रकाशित : १६ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६