काठमाडौं, १६ चैत्र। स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले ठेकदारलाई उम्मेदवार बन्न कडाइ गरेको छ ।
आयोगले स्थानीय तहको निर्वाचनको उम्मेदवारले स्वघोषणा गर्नुपर्ने १९ बुँदा तय गरेको छ, जसमा कुनै स्थानीय तहको ठेक्कापपट्टा वा चलअचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्ने उल्लेख छ ।
आयोगका अनुसार आफूले उम्मेदवार हुने स्थानीय तहमा निर्माण र आपूर्तिका कुनै ठेक्का नलिएको व्यक्ति मात्र उम्मेदवार बन्न पाउनेछ ।
प्रतिक्रिया