अर्थ-वाणिज्य

शुद्धोधन ६ मा अर्को अर्थ-वाणिज्य काम – ८२ घरधुरीलाई जग्गाधनी प्रमाणपत्र



कपिलवस्तु १६ चैत : लामो समय सम्म गाउं ब्लक समस्यामा रही जग्गा धनी प्रमाण पत्र नपाएका शुद्धोधन गाउँपालिका वडा नं ६ का ८२ घरधुरीलाई एक कार्यक्रमका वीच जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ ।

भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले लवनीमा आयोजित कार्यक्रममा लालपुर्जा वितरण गरिन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले वर्तमान सरकार संविधानको रक्षा गर्न र संविधानमा भएका व्यवस्था अनुसार काम गर्न बनेको बताइन् ।

साथै उनले कर्मचारीहरू र जनप्रतिनिधि मिलेर नतिजामा आधारित भएर काम गर्नु पर्ने बताइन् । सधैँ सबैलाई भ्रष्टाचारी, काम नगर्ने दलको सूचीमा राख्ने जस्ता आरोप लाग्ने र त्यसै तर्फ सबैको नजर पर्ने गर्दा धेरै उल्लेखनीय कार्य नभएको बताइन ।

साथै मन्त्री श्रेष्ठले जनतालाई तत्कालै फाइदा पुग्ने र रोजगारी सिर्जना हुने कार्यक्रमहरु बनाउने र भू उपयोगको सही तरिकाले सदुपयोग गर्न सक्ने नीति आवश्यक भएको बताइन् । कार्यक्रममा मन्त्रालयका सचिव राम प्रसाद थपलियाले जन चाहना अनुसार छिटो छरितो कर्मचारीहरू वाट सो प्रवाह र विश्वास जितेर काम गर्न आग्रह गरे ।

साथै कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अंहमद खांले विगत २०२१ साल देखीको गाउंब्लक समस्या भर्खर समस्या समाधान हुन लागेको बताए । एक गाउँ र वडा नभई १ वर्ष भरी सबै पालिका र जिल्लाबाट यो समस्या समाधान गर्न आग्रह गरे ।

साथै सुकुम्वासीका समस्या पनि सरकारले तत्काल समाधान गर्नु पर्ने बताए । कपिलवस्तुमा २०२६ साल वाट सूरु गरिएको गाउब्लक जग्गा २०२८ मा सामान्य नापी गरिएको थियो । त्यसपछि २०६५ वाट यसले निरन्तरता पाएको छ ।

हाल सम्म जिल्लामा सविकका ८१ गाविस वाट १०९३ गाउंब्लक र ६७ बजार ब्लक रहेको छ । हाल सम्म १०८६ गाउंब्ललको नापनक्सा कार्य सम्पन्न भएको छ भने २५९ वटा गाउंब्ललको ६७६८ थान पुर्जा वितरण कार्य सम्पन्न भएको जिल्ला नापी कार्यालयमा प्रमुख कैलाशनाथ पाण्डेयले बताए ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेय,गाउँपालिका उपाध्यक्ष सुधादेवी पाण्डेय, उप महानिर्देशक सुशील ढगोल, गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत ऋषिराम पन्थी , मालपोत कार्यालय तौलिहवाका प्रमुख ऋषिराम पौडेलको उपस्थिति रहेको थियो ।

प्रकाशित : १६ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६