प्रदेश

स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दल बैठक बस्दै



काठमाण्डौ १७ चैत ।

स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजे बैठक बस्न लागेको हो । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताए । ‘बिहीबार साढे १० बजे बैठक बस्दैछ । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुन्छ’, नेता पौडेलले भने, ‘चुनावमा कसरी अघि बढ्ने भन्नेमै छलफल केन्द्रीत हुन्छ ।’

वैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरु चुनावी तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् ।

सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन् । महानगर र उपमहानगरको हकमा केन्द्रबाटै तालमेलको निर्णय हुने देखिएको छ ।

बिहीबारको बैठकमा गठबन्धनबीच चुनावी तालमेलबारे सैद्दान्तिक र नीतिगत विषयमा छलफल हुने बुझिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार चितवन पुगेर बिहीबार बस्ने गठबन्धनको बैठकले महानगरपालिकास्तरमा हुने तालमेलबारे छलफल गरेर निर्णय प्रक्रियामा पुगिने बताए ।

प्रचण्डले आजको बैठकले सम्भवत महानगरको बारेमा तालमेलको निर्णय हुने र भरतपुरको मेयरमा माओवादीको दावी रहने बताएका थिए । ‘विहीबार हाम्रो गठबन्धनको बैठक बस्दैछ । सम्भवतः महानगरपालिकाको बारेमा केही न केही निर्णयमा पुग्छौं’, प्रचण्डले भनेका छन्, ‘तालमेलकै निर्णय हुन्छ, भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ ।’ तर, काँग्रेस नेता पौडेलले भने महानगरमा हुने तालमेलबारे आज नै निर्णयमा पुग्न सकिने सम्भावना कम रहेको बताए ।

‘पहिला सबै दलको रिपोर्टिङ के कस्तो छ रु त्यो थाहा हुनुपर्यो । त्यसपछि मात्रै कहाँ कुन दलले उम्मेदवारी दिने भन्ने निर्णयमा पुग्न सकिन्छ’, पौडेलले रातोपाटीसँग भने । प्रदेश, जिल्ला र स्थानीय तहको कुरा नबुझि काँग्रेसले माथिमाथिबाट निर्णय नगर्ने पौडेलको भनाइ छ ।

प्रकाशित : १७ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६