प्रदेश

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’को पाँचौं संस्करण आजदेखि सुरु



काठमाण्डाै, १७ चैत्र । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’को पाँचौं संस्करण आजदेखि सुरु हुँदैछ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सव काठमाण्डौको राष्ट्रियसभा गृह र पर्यटन बोर्डको हलमा आजदेखि हुन लागेको हो ।

बेलुका ४ बजे उद्घाटन हुने चलचित्र महोत्सव आउँदो २१ गतेसम्म चल्ने छ । आज पहिलो दिन राष्ट्रिय सभागृहमा बेलुका साढे ५ बजे डा. पुरु लम्सालको ‘गुरु पर्व’ प्रदर्शन गरिने छ । महोत्सव अवधिभर ३८ देशका ८९ वटा चलचित्र, वृत्तचित्र र एनिमेटेड चलचित्र प्रदर्शन एवम् प्रतिस्पर्धा हुनेछ । ती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा–छोटा चलचित्र, वृत्तचित्र तथा एनिमेटेड चलचित्रबीच ७ वटा विधामा प्रतिस्पर्धा हुने र उत्कृष्टताका आधारमा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

गएको वर्ष कोरोना महामारीका कारण भर्चुअल रुपमा निफ आयोजना गरिएको थियो । 

प्रकाशित : १७ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६