प्रदेश

सबै देशसँग सन्तुलित सम्बन्ध कायम गराैँ : भट्टराई



काठमाण्डाै, १७ चैत्र । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छाया मडारिरहेको बताउनुभएको छ । उहाँले युक्रेनकाे घटनाबाट नेपालले पाठ सिक्नुपर्ने बताउनुभयाे ।  

आज बिहीवार रिपोर्ट्स क्लबको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले विश्व राजनीतिसँगै परिवर्तित भूराजनीतिका कारण अमेरिका, चीन र भारतबीचका सम्बन्धले समेत नेपालको आन्तरिक सम्बन्धलाई प्रभावित बनाइरहको बताउनुभयो । उहाँले नेपाल विश्वका शक्तिशाली देशहरूको चासो बनेको भन्दै यो परिस्थितिलाई समयमै आँकलन गरेर राष्ट्रिय मुद्दामा राष्ट्रिय समझदारी बनाउनुपर्ने उल्लेख गर्नुभयाे । 

नेता भट्टराईले भन्नुभयो, ‘एउटा नयाँ शीतयुद्धको छाया प्रतिछाया मडारिँदै छ । भारत, चीन, अमेरिकाका बीचका सम्बन्धले हाम्रो आन्तरिक सम्बन्धलाई समेत प्रभावित पार्ने परिस्थिति बन्दै गएको छ, यसलाई हामीले बेलैमा आँकलन गरेर राष्ट्रिय समझदारी बनाउनैपर्छ । ठूला देशहरूको बीचमा रहेको देशले राष्ट्रिय मुद्दामा सहमति कायम गर्नैपर्छ । युक्रेनको घटना हामीलाई ठूलो पाठ हुन सक्छ । हामी विश्व शक्ति देशहरूको बीचमा छौँ । सबैको चासो बढ्दै छ । हामीले बेलैमा राम्रो सन्तुलित सम्बन्ध मिलाएर जान सकेनौँ भने हामी नराम्रो दुर्घटनामा पर्न सक्छौँ ।’

नेता भट्टराईले लोकतन्त्रलाई अझै पनि ठिक ढङ्गले पूर्णता दिन नसकेकाे बताउनुभयो । उहाँले पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री प्रणालीमा नगएसम्म देशमा लोकतन्त्रले पूर्णता नपाउने दाबीसमेत गर्नुभयो । भट्टराईले देशको अर्थतन्त्रलाई बचाउन श्रम निर्यात गर्ने र वस्तु आयात गर्ने अर्थतन्त्र नभइ पुँजी र प्रविधि आयात गर्ने र वस्तु र सेवा निर्यात गर्ने अर्थतन्त्रमा बदल्नुपर्ने बताउनुभयो । 

प्रकाशित : १७ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६