प्रदेश

उद्घाटन अघि चिटिक्क पारेर सजाइएको रेल



काठमाण्डौं, १९ चैत्र ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । लामो समयको पर्खाइपछि जयनगर–कुर्था रेलसेवा औपचारिक रूपमा सञ्चालन हुने भएपछि उद्घाटन तयारीका लागि कर्मचारीहरू खटिएका छन् । उद्घाटन अघि भारतको जयनगरमा रेललाई फुलहरूले चिटिक्क पारेर सजाइएको छ । कम्पनीले खरिद गरेको करिब दुई वर्ष बित्नलाग्दा समेत रेल सञ्चालनमा नहुँदा स्थानीय एवं रेलका कर्मचारी आत्तिएका थिए । आज रेलवे सेवा उद्घाटन हुने भएपछि उनीहरु उत्साहित देखिएका छन् ।

औपचारिक रुपमा जनकपुर–जयनगर रेल सेवाको उद्घाटन भएपछि यात्रुले विभिन्न नियमको पालना गर्नुपर्ने भएको छ । रेल उद्घाटन भएर सञ्चालनमा आएपछि रेलमा भारतसम्म जानका लागि नेपाली नागरिकले केही कागजातहरु साथमा राख्नुपर्ने गरी नियम बनाइएको छ । सुरक्षा र खुल्ला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र बोक्नुपर्ने हुन्छ । नागरिकता नभएमा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र भएपनि हुने झाले जानकारी दिए । यस्तै आकस्मिक प्रवेशका महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटो सहितको सिफारिस पत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ । त्यस्तै १० देखि १८ वर्ष उमेर मुनिका बालबालिकाको हकमा स्कुलको फोटो सहितको परिचयपत्र अनिवार्यरुपमा साथमा राख्नु पर्ने झाले बताए ।

शनिवार १२ बजेदेखि १२ः३० बजेसम्म रेल्वे उद्घाटनको समय तालिका रहेको छ । त्यसका लागि आवश्यक तयारी लगभग पुरा भएको छ । झाका अनुसार जनकपुर रेल्वे स्टेशनमा मञ्च निर्माण गरिँदैछ । जयनगरमा अतिविशष्ट व्यक्तिहरु रहने र त्यहाँबाट प्रोजक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको छ । दुबै देशका प्रधानमन्त्रीले रेल्वे उद्घाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेछ ।

प्रत्येक स्टेशनमा बालबालिका तथा छात्रछात्राले नेपाल–भारतको झण्डा लिएर रेलको स्वागत गर्नेछन् । यस्तै हल्ट स्टेसनमा स्वागत तथा नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ । स्वागतका लागि बसेकालाई समेत सो रेलमा चढाएर कुर्थासम्म लगिने छ । कुर्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसमेत रेलमा चढेर जनकपुरसम्म आउने र त्यहाँ उद्घाटनको अन्य कार्यक्रम हुने कार्यतालिका रहेको छ । गत फागुन १ देखि नै जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रु बिनाको) रेल दैनिक एक पटक सञ्चालन हुँदै आएको थियो ।

प्रकाशित : १९ चैत्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६