कपिलवस्तु १९ चैत्र । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले यहि आउदो वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पाँच दलिय गठबन्धनलाई ब्यालेटवाटै परास्त गर्ने उद्घोष गर्नु भएको छ । १२ वर्ष बुलेट लिएर लडेको माओवादी र नेपालको सत्तामा सधैभरी टासिन खोज्ने कांग्रेस सहितको गठबन्धनलाई धुलो चटाउन ब्यालेट( (मतपत्र)लाई अस्त्र बनाउने उहाले वताउनु भयो ।उहाले चुनावमा होमिएर लाग्न महिला कार्यकर्तालाई निर्देशन समेत दिनु भएको छ । शनिवार वुद्धभुमि नगरपालिका स्थित वुद्धभुमि क्याम्पसमा अनेमसंघ जिल्ला कमिटि कपिलवस्तुले निर्वाचन सम्बन्धि जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रममा नेता घिमिरेले यस्तो बताउनु भएको हो । एमालेको निति कार्यक्रम र भावी रणनिति लिएर महिलाहरु गाउँ गाउँ जानु पर्ने बताउनु भयो । केपी ओली नेतृत्वको सरकारले गरेका कामहरु जनतालाई वुझाउनु पर्ने जनाउनु भयो । स्थानिय चुनाबमा एमालेमय बनाउन लाग्नु पर्ने नेता घिमिरेको धारणा थियो ।
कार्यक्रममा बोल्दै पाटी लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य एवं संघका केन्द्रीय सदस्य शान्तिदेवी चमारले देश एमालेमय बनेको बताउनु भयो । एमालेलाई जिताउन सबै महिलाहरु एक भएर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै प्रदेश कमिटि सदस्य एवं संघका केन्द्रीय सदस्य शारदा शर्माले अनेमसंघको इतिहासका बारेमा जानकारी गराउनु भएको थियो । जिल्लाका सबै पालिकाहरुमा प्रशिक्षण चलाइने नेता शर्माले बताउनु भयो । संघका अध्यक्ष चेतना अधिकारीको अध्यक्षता शान्ता पाण्डेको स्वागत एवं सचिव धनु अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला भरका सयौं महिलाहरुको उपस्थिती रहेको थियो । संघको वैठकले स्थनिय तहको निर्वाचन सफल पार्नको लागि ५ सय ५१ सदस्सीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
१९ चैत्र २०७८, शनिबार








प्रतिक्रिया