प्रदेश

जनताकाे मत एमालेकै पक्षमा छ, कसैकाे वैशाखी टेक्नु पर्दैन – ज्ञवाली



ताप्लेजुङ २० चैत – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा आफ्नो पार्टीले कसैको वैशाखी नटेक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल ताप्लेजुङको आयोजनामा आज भएको पत्रकार सम्मेलनमा बौल्दै उहाँले जनताको मत आफ्नै पक्षमा रहेकाले कसैको आवश्यकता नरहेको बताउनुभएको हो ।

उपमहासचिव ज्ञावलीले आचारसंहिता लागू भइसकेको अवस्थामा पनि सरकारले चुनावलाई प्रभाव पार्ने गरी कर्मचारीको सरुवा–बढुवा गरेको र विभिन्न योजनाको उद्घाटन गरेको भन्दै असन्तुष्टि पनि जनाउनुभयो ।

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण गएको प्रसङ्ग जोड्दै राष्ट्र प्रमुखको हैसियतमा भ्रमणमा जानुपर्नेमा पार्टी प्रमुखको हैसियतमा गएको भन्दै त्यसले सोभा नदिएको बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले निर्वाचन आयोगले ठेकेदारहरूलाई उम्मेदवार हुन रोक लगाएर ठिक गरेको प्रतिक्रिया दिनुभयो । गाउँपालिकामै ठेक्कापट्टा गर्ने र त्यहीँको उम्मेदवार हुँदा स्वार्थ जोडिने हुँदा निर्माण व्यवसायीलाई जनप्रतिनिधि नबनाउँदा राम्रो हुने उहाँको भनाइ छ ।

प्रकाशित : २० चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६